images
images
images

महिला विश्वकप फुटबलमा आज पहिलो चरणका खेल सकिंदै

images

काठमाडौं । महिला विश्वकप फुटबलमा सोमबार पनि तिन खेल हुनेछन् ।

समुह ‘‘एफ’ को खेलमा ब्राजिल र पानामा भिड्दा समुह ‘जि’ मा अर्जेन्टिना र इटाली तथा समुह ‘एच’ मा जर्मनी र मोरक्क्कोबिच खेल हुनेछ ।

प्रतियोगितामा स्वीडेन र नेदरल्याण्डसले विजयी सुरुवात गरेका छन् । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै स्वीडेनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आइतबार भएको अर्को खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हराउँदा जमैकाले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा सोमबारका खेलहरुपछि पहिलो चरणका खेलहरु सकिनेछन् । विश्वकपको फाइनल खेल अगष्ट २० तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुनेछ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS