images
images
images

तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनमा न्यौपाने प्रथम

images

तनहुँ 
तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लब काठमाण्डौंकी पूर्णलक्ष्मी न्यौपानेले चुमेकी   छन् ।   अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा जुम्ला घर भएकी न्यौपानेले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
प्रतियोगितामा चौसठ्ठी जना धावकले भाग लिएका थिए । व्यास नगरपालिका–३ व्यासगुफा देखि व्यास नगरपालिका–११ को तनहुँसूरसम्मको २१ किमी दुरी धावक न्यौपानेले एक घण्टा सत्चालिस मिनेट एकाउन्न सेकेण्डमा पार गरेकी हुन् ।
त्यसैगरी सोलुखुम्बुकी अनिता राई द्वितीय भइन् । उनले एक घण्टा बाउन्न मिनेट चौविस सेकेण्डमा दुरी पार गरेकी थिइन् । जुम्लाकी बिश्वरुपा बुढाले एक घण्टा सन्ताउन मिनेट बत्तीस सेकेण्डमा दुरी पार गरी तृतीय भएकी छन् ।

प्रतियोगितामा प्रथम हुने धावकले रु।४१ हजार ७९, दितिय हुनेले रु।३१ हजार ७९ र तृतीय हुने धावकले रु।२१ हजार ७९ का साथमा मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी गुल्मीकी गीता बिक,गोरखाकी अमृता गुरुङ्ग र नवलपरासीका सीमा चौधरी सान्तवना भएका छन् । उनीहरुले क्रमश ः रु।एघार हजार ७९ का दरले पुरस्कार तथा  सहित मेडल र ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बिजयी धावकहरुलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरैले संयुक्त रुपमा पुरस्कार बितरण गरेका थिए । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताए ।
व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो । म्याराथनको जिसस प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS