images
images
images

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता हुने

images

तनहुँ
व्यास नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गर्ने भएको छ । व्यास नगरपालिकाको आइतबार बसेको नियमित वैठकले महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको हो । दमौलीको व्यास गुफा देखी तनहुँसूर सम्म महिला हाफ खुल्ला म्याराथन गर्न लागेको व्यास नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठक नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । वैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । यसैगरी बैठकले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुसार प्रज्ञा परिषद् सदस्यका लागि १५ दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । बैठकले व्यास नगर योजना आयोग ऐन, २०७९ अनुसार सल्लाहकार मनोनयन गर्ने निर्णय गरेको छ । सल्लाहकार समितिमा हरिसिंह गुरुङ, मोहन कुमार विश्वकर्मा, पुष्परमण वाग्ले, सुर्यनारायण श्रेष्ठ ,रघुराज काफ्ले, शेषरमण न्यौपाने, उषा पोख्रेल, तिलु थापा ,राजेन्द्र अधिकारी र थम बहादुर दरै रहेका छन् । बैठकले सल्लाहकार समितिको बैठकमा नगरपालिकाबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेशका माननीय सदस्यहरु रामचन्द्र पौडेल, शंकर भण्डारी, हरि बहादुर चुमान, अशोक कुमार श्रेष्ठ, श्यामराजा महतलाई आमन्त्रण गर्ने निर्णय गरेको व्यास नगरपालिकाले जनाएको छ ।

बैठकले संविधान सभा सदस्य रामचन्द् पोख्रेलको संयोजकत्वमा पुर्व एवं निवर्तमान जनप्रतिनिधिहरुको परामर्श समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा संविधान सभा सदस्य एवं पुर्व नगर प्रमुख ध्रुव वाग्ले लगायत रहेका छन् । यसैगरी बोर्ड बैठकले व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार नगर खेलकुद समिति गठन गर्ने निर्णय गरिएको छ । समितिको अध्यक्षमा सुरेश थापा, उपाध्यक्षमा सुशिला दुरा रहेका छन् । समितिको सदस्यमा जीवन गुरुङ , सुरेश वाग्ले, कमला वि।क, सदस्य कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोक बहादुर थापा, मदन वाग्ले, शरण घर्ती, रहेका छन् । सबैठकले व्यास नगरपालिका वडा नं ८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानून बमोजिम अधीग्रहण प्रकृया अघि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । बैठकले सहकारी संस्था अनुदान वितरण कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS