images
images
images

१४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

images

तनहुँ
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । फागुनको १२ र १३ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा हुने प्रतियोगितामा १० वटै पालिकाका करिब ६ सय ५० खेलाडीले प्रतियोगितामा भाग लिने हुने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।
प्रतियोगिताका खेलहरु निर्मल माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलकुद विकास समिति तनहुँले जनाएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिवल, उस्सु लगायतका आधा दर्जन खेलहरु समावेश रहेको अध्यक्ष पाण्डेले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS