दमौली
वाईसीएल तनहुँको आयोजनामा पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । दमौलीमा आयोजना हुने ‘प्रथम सहिद स्मृति कप पालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता –२०७९’ फागुन १४ गते देखी २१ गते सम्म आयोजना हुने वाईसीएल तनहुँका अध्यक्ष केयर सि आले (बादल)ले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार,द्वित्तिय हुनेलाई २५ हजार र तृत्तिय हुनेलाई १० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको वाईसीएल तनहुँले जनाएको छ ।