images
images

मानव अधिकारवादीद्वारा कैदि बन्दिहरुको अवस्था अध्ययन

images

तनहुँ

७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल मानव अधिकार सङ्गठन, तनहुँद्वारा जिल्ला कारागार, तनहुँमा रहेका कैदी बन्दिहरु सँग साक्षात्कार कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा जिल्ला कारागारको हालको भौतिक अवस्थाको अवलोकन गरिएको थियो ।
१३५ जना क्षमता रहेको उक्त कारागारमा हाल ३०३ जना बन्दि रहेका छन् जसमध्ये १८६ जना थुनुवा र ११७ जना कैदि रहेको जानकारी कारागारका निमित्त प्रशासक श्री नारायण अधिकारीले गराउनु भएको थियो । हाल उक्त कारागारमा बन्दिहरुका लागि ३ वटा भवन रहेकोमा २ वटा भवनमा पुरुष र एउटा भवनमा महिला कैदि राखिएको छ ।
कारागारको ब्लक ‘बी’ मा टिम नेपोको सहयोगमा प्राप्त पुस्तकहरु र आबँखैरेनी नगरपालिकाको सौजन्यबाट किताब राख्ने प्राप्त दराजबाट कारागार सुधार पुस्तकालय सञ्चालन, व्यास नगरपालिका सहित विभिन्न पालिकाहरुको सहयोगमा खाट प्रदान, हरेक कोठामा टेलिभिजनको व्यवस्था, बाथरुममा तातो÷चिसो पानीको व्यवस्था, पिउनको तातो÷चिसो पानीको व्यवस्था लगायतका प्रावधानले कैदिबन्दिहरुलाई भौतिक सुविधामा टेवा पु¥याएको पाइयो । यो बाहेक अन्य दुई वटा ब्लकमा भने पर्याप्त भौतिक सुविधा नभएको पाइयो । महिला कैदिबन्दि राखिएको ब्लक ‘सी’ मा सञ्चालित पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, कैदिबन्दिका लागि पर्याप्त खाट नभएको, भान्छाको राम्रो व्यवस्था नभएको पाइयो ।
यस अवसरमा संगठनद्धारा कैदिबन्दिहरुको धारणा बुझ्ने प्रयास गरियो । उनीहरुका अनुसार आफ्नो कैद सजाय भुक्तान गरि सामान्य जीवनयापनमा फर्कदा समाजले हेय र सङ्काको दृष्टिले हेर्ने गरेकाले समाजमा अन्य घटनाहरु हुँदा प्रहरीले उनीहरुमाथि नै अनुसन्धान केन्द्रित गर्ने गरेको गुनासो रहेको थियो । साथै लामो समयसम्म थुनुवाहरुको अदालतबाट फैसला नभएकोले कतिपय बन्दिले अनावश्यक समय थुनामा बस्नु परेको गुनासो समेत गरेका थिए ।
उक्त कारागारमा प्रशासकको रुपमा नारायण अधिकारी आएपछि यस कारागारको भैतिक सुविधामा उल्लेख्य सुधार भएको कुरा कैदिबन्दिहरुबाट प्रकट भएको थियो । उक्त अवसरमा संगठनको तर्फबाट सभापति श्री राजेन्द्र प्रसाद खनाल, उपसभापति श्री सरिता थापा, सचिब श्री जनक काफ्ले र सदस्यहरु श्री इन्द्रराज खनाल तथा श्री महेन्द्र गिरीको सहभागिता रहेको थियो ।
यसका साथै संगठनले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौदिक अपाङ्गता भएका बालबालिकालाई पौष्टिक आहार वितरण पनि गरिएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS