images
images

रामचन्द्रको चुनावी सभामा प्रचण्डले भने तनहुँले प्रधानमन्त्री पाउने सम्भावना छ

images

तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताएका हुन् ।

‘रामचन्द्रजीको ईच्छा र चाहना हामीलाई थाहा छ, ढुक्क सँग जिताउनु भयो भने त्यो सम्भवना बढ्यो बढ्यो,’ उनले अघि भने, ‘तनहुँले एक अवसर पाएको छ, यसलाई नगुमाउनु होस ।’

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसान सँग हारेका पौडेल यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।

प्रचण्डले गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं। १ को प्रदेश सभा २ का उम्मेदवार माओवादी नेता हरिबहादुर चुमानलाई जिताएमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने समेत बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS