तनहुँ
नौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई घाइते भएका तनहुँका भलिवल खेलाडी प्रेम बहादुर कुमाललाई तनहुँ भलिवल संघले आर्थिक सहयोग गरेको छ । संघले खेलाडी कुमाललाई १५ हजार रुपयाँ सहयोग गरेकोे हो । प्रतियोगितामा खेल खेल्दै गर्दा लेडेर घाइते भएका कुमालको उपचारमा सहयोग होस् भनेर संघले ब्यक्तिगत रुपमा उठाएर आर्थिक सहयोग गरेको संघका महासचिव अशोक गिरीले बताए ।
घाइते खेलाडी कुमालको उपचारको लागि तनहुँ भलिवल संघका अध्यक्ष पदम बहादुर सुनार,उपाध्यक्ष रमेश कुमार श्रेष्ठ,महासचिव अशोक गिरी,बास्केटबल कोच कृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका पुर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ जनही ४ हजार रुपयाँ संकलन गरी सहयोग गरेको हो । यस्तै गरी तनहुँकै यथेलेटिक्सकी घाइते खेलाडी तिर्था ढकालालई पनि ५ हजार सहयोग गरेको सघले जनाएको छ ।