images
images

जनताका घरदैलोमा गठबन्धनका उम्मेदवार चुमान

images

तनहुँ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्य्रबाट उम्मेदवारी दिएका हरी बहादुर चुमाले जनतासँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
उनले बुधबार आँबुखैरेनी गाँउपालिका रबन्दिपुर गाँउपालिकाका बिभिन्न स्थानमा जनताहरूसँग भेटघाट गरेका छन् । जनतासँगको भेटघाटमा उनले आँफू हिजोका दिनमा सधैं जनताकै साथमा रहेको र अबका दिनमा पनि सदा जनताका बीचमा नै रहने बताएका छन् ।
उनले राजनीतिमा देखिएको विकृति र विसंगतीको मूख्य कारण धनवाद र डनवाद भएकाले ती प्रवृत्तिका विरुद्ध जीवन पर्यन्त लडिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।


यसैवीच आबुखैरेनी गाउँपालिका ४ बेनिटार स्थिति तनहुँ क्षेत्र न १ प्रतिनिधि सभा र प्रदेश समिती चुनाव प्रचार प्रसार समिती सम्पर्क कार्यालयको उदटन भएको छ । माओवादी केन्द्रका नेता तथा तनहुँ क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवारी हरि बहादुर चुमानले उदटन गरेका थिए । सो सँगै पालिका स्तरीय निर्वाचन परिचान समिती गठन गरि गठबन्धनमा आवद्व दलको बैठक सम्पन्न भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS