दमौली ,
तेस्रो व्यास युवा क्लब ९ ए साइड फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । दमौलीको खेलमैदानमा शुरु भएको प्रतियोगिताको व्यास नगरपालिकाको नगर प्रमुख बैकुण्ठ न्यौपानले उद्घाटन गरेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै न्यौपानेले फुटवल खेलको विकासका लागि व्यास नगरपालिकाले काम गर्ने बताए । कार्यक्रममा बोल्दै व्यास नगरपालिकाकाका प्रमुख प्रशाशकीय अधिकृत हरिराम नागलिाले व्यास नगरपालिकाले खेल क्षेत्रको विकासका लागि लाग्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला खेलनकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले खेल क्षेत्रको विकासका लागि सबैको प्रयास आवश्यक रहेको बताए ।
व्यास युथ क्लबका अध्यक्ष मिनबहादुर गुरूङ ‘ चरिबाबा ’को अध्यक्षतमा भएको कार्यक्रममा सम्पन्न भएको थियो । खेलाका लागि ३५ टिमले टिम दर्ता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमश १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ नगदका साथै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक केशव रानाले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता घोषणा गरि जनही ५ हजार रूपया पुरस्कार दिइने रानाले बताए ।