images
images
images

तेस्रो व्यास युवा कप फुटबल प्रतियोगिता दमौलीमा हुने

images

दमौली

तेस्रो व्यास युवा क्लब ९ ए साइड फुटबल प्रतियोगिता असोज ३ गतेदेखि १० गतेसम्म दमौलीमा हुने भएको छ । दमौलीको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी सम्बन्धमा शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरूङ ‘ चरिबाबा ’ ले खेलको सम्पुुर्ण तयारी पुरा भएको बताए । खेलाका लागि ३५ टिमले टिम दर्ता गरेको पनि आयोजकले जनाएका छन् । प्रतियोगिताका लागि मंच , प्याराफिट , दर्शकदिर्घा बस्ने ठाउँ बनाइएको आयोजकले जनाएको छ ।

खेलमा अन्य क्लबले स्वदेश तथा विदेशका खेलाडी समावेश गरेपनि व्यासले आफ्नै खेलाडी खेलाउने बताए । हाम्रो उद्धेश्य भनेको स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र खेलबाट बचेको पैसाले कुलतमा लागेका युवाहरूलाई सामाजिक उत्तरदायित्वको भावनामा ल्याउनु पर्छ भन्ने पनि हो गुरूङले भने ।

राष्ट्र विकासमा युवाहरूको प्रतिवद्भता , सिर्जनशिल , लगनशील सहभागीता नाराका साथ नेपालीहरूको महान चाड बडदसैं , दीपावली र छठका अवसरमा प्रतियोगिता गर्न लागिएको क्लबका सचिव मनोज राउतले बताए । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई क्रमश १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ नगदका साथै मेडल ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक केशव रानाले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता घोषणा गरि जनही ५ हजार रूपया पुरस्कार दिइने रानाले बताए ।

पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष एवम् व्यास ६ का वडा अध्यक्ष तथा प्रवक्ता जीवन गुरूङ कुमारले खेलकुद मैदान प्रयाप्त नहुँदा खेल खेलाउन नसकिएको बताए । सेभेन ए साइड बाट नाएन ए साइड मा अहिले खेल हुन लागेको भन्दै गुरूङले अब इलाभेन ए साइड खेलको लागि बाताबरण तयार पार्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल , रिपोटर्स क्लब गण्डकीका अध्यक्ष मदन वाग्ले लगायतले खेलको महत्त्वको बारेमा बोल्दै क्लवले गरेको कामको सराहना गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS