म्याग्दे
न्यु अकला युवाक्लवको आयोजनामा तेश्रो किलचोक भलिवल कप शुरु भएको छ । खेलाडी मान होईन, सम्मान होे । ‘खेलकुद ज्ञान होईन पहिचान हो’ भन्ने मुल नाराका साथ शुरु भएको तेश्रो किल्चोक कप म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
न्यु अकला क्लवका अध्यक्षश्री दानवहादुर सारु मगरको अध्यक्षतामा भएको सो किलचोक कप भाद्र ११ देखि १४ गते सम्म चल्ने आयोजकले वताए । महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर शुरु गरिएको उक्त कपमा १० समुह सहभागीहुने वताईएको छ ।
कार्यक्रम उद्घाटन गद म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुद जीवनको महत्वपुर्ण पक्ष भएको वताए । विशेषगरि युवाउमेरमा खेलिने खेलकुद स्वास्थ्य जीवनको महत्वपुर्ण पाटो हो । खेलकुदले सकारात्मक सोच, नविनतम जोश जाँगर र सृजनशिल मस्तिष्क विकास हुने समेत वताए । खेलकुद देशको नै गहना र पहिचान समेत हो, श्रेष्ठले भने । विदेशमा विभिन्न देश खेलकुदको माध्यामवाट परिचित भएको हुदाँ देशको अस्तित्वका लागी पनि खेलकुदमा लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । यसैगरि म्याग्दे वडा नं ३ का अध्यक्ष टुकराज अधिकारीले खेलकुदले युवाशक्तिको विकास गर्ने वताए । विभिन्न खेलहरु हाम्रा शरिरका लागी महत्वपुर्ण हुने हुदाँ खेलकुदले जीवनको रुपरेखा कोर्ने वताए ।