दमौली
दमौलीमा आजबाट सुरु हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिता अघि दमौलीमा शान्ति पद यात्रा सु्रु भएको छ । सितल चोक युथ क्लबको आयोजनामा भदौ ८ गतेबाट प्रतियोगिता केही बेरमा सुरु हुँदै छ । प्रतियोगितामा विजेता हुने टिमलाई २लाख २हजार २ सय २२ नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने टीमले नगद १ लाख ११हजार १सय ११ नगदसँगै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजेश मल्लले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही नगद रु.७ हजार ५सय का साथै ट्रफि , मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै क्वाटर फाइनल खेलदेखि म्यान अफ दी म्याच घोषित गरी नगद रु. १ हजारले पुरस्कृत समेत गरिने मल्लले बताए । खेलको माध्यमबाट आन्तरिक पर्यटनलाई व्यास क्षेत्रमा भित्राउने उद्देश्य समेत राखेर मेयर कप आयोजना गरिएको क्लबका सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले जानकारी दिए । विविध कारणले खेल क्षेत्र सुस्ताइ रहेको बेला खेल र खेलाडीलाई प्रोत्साहन गर्न पनि सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरिएको न्यौपानेले बताए ।
हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको उक्त मेयर कप सेभेन ए साइड फुटलब प्रतियोगितामा देशभरका खेलप्रमी युवाहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ । व्यास३ स्थित विपि बनबाटिकामा १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगताको ११ लाख बराबरको अनुमानित लागत रहेको आयोजक क्लवले जनाएको छ ।