images
images
images

लमजुङमा फुटसल शुरु

images

लमजुङ
कोरोना भाइरस ‘कोभिड– १९’ को प्रकोपका कारणले थला परेको व्यापार व्यवसाय उकास्ने र आपसमा सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीका अवसरमा लमजुङमा व्यवसायिक प्रवद्र्धनका लागि खुल्ला फूटसल प्रतियोगिता शुरु भएको छ ।

हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङदी प्रालिको आयोजनामा शुक्रबार सुरु गरिएको प्रतियोगिताको पहिलो दिन १४ खेल सम्पन्न भएका छन् । पहिलो दिन १८ खेल सम्पन्न गर्ने लक्ष्य भएपनि वर्षाका कारण १४ खेलमात्र सकिएको आयोजक समितिका सदस्य अमृत सुवेदीले बताए । लिगका आधारमा खेलाइएको प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको छ ।

इलेक्ट्रोनिक व्यवसायी संघ लमजुङलाई १–० ले हराएको नेपाल पत्रकार महासंघ लमजुङ शाखाको टिम दोस्रो खेलमा बैंकर क सँग पराजित भयो । प्याब्सन लमजुङको टिमले लमजुङ बैंकर ख र लाई ९–० ले पराजित गरेको छ । त्यस्तै, बेसीहशर नगरपालिकाले क्ब्होलासोंथर गाउँपालिकालाई ६–१ ले पराजित गरेको छ ।

जिल्ला अस्पताल लमजुङ र प्लम्बिङ टिमबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । पूर्वाधारका कर्मचारी टिमलाई ३–० ले हराएर आयोजक टिम अघि बढेको छ । इलेक्ट्रोनिक व्यवसायी टिमले लेक्ट्रिकल टिमलाई ३–१ ले हराएको छ । इन्स्योरेस समितिले लमजु्ङ बैंकर ख लाई २–१ ले हराएको छ ।

पहिलो हुने टिमलाई नगद १५ हजार र २५ हजार रुपैयाँको खसी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमका लागि नगद १० हजार र २० हजार रुपैयाँ बराबरको खसी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

उक्त प्रतियोगितामा एक लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो खेल सञ्चालन समितिका अध्यक्ष प्रवीण वाग्लेले बताए । प्रतियोगिताको हिमालयन ब्रदर्श ग्रुपका सल्लाहकार वंशीकुमार श्रेष्ठ र सोही ग्रुपका सुरेश श्रेष्ठले उद्घाटन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS