images
images
images

२०औं आहारारा गोल्डकपमा आयोजकलाई १२ लाख घाटा

images

पोखरा । सहारा क्लबले गत माघमा आयोजना गरेको २०औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ । शनिबार आयोजक क्लबले आयव्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो ।

प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकै पटक ठूलो मात्रामा आर्थिक नोक्सान भए पनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए ।उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ ।

प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ। अनलाइन खवरबाट

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS