
तनहुँ
यातायात ब्यवस्था कार्यालय डुम्रेले साउन १५ गते आइतबार देखि सवारी चालक अनुमति पत्र नविकरण गर्ने भएको छ ।
यातायात ब्यवस्था कार्यालय डुमेका निमित्त प्रमुख विष्णु बहादुर क्षेत्रीले साउन १५ गते आइतबारबाट नविकरणको काम सुरु गर्ने बताए अन्य प्रदेशबाट प्रदेशबाट सवारी चालक अनुमति पत्र लिएको भएपनि गण्डकी प्रदेशको स्थायी बासिन्दाको मात्र नविकरणको काम गर्न सकिने कार्यालयले जनाएको छ ।
कागजी लाइसेन्सको हकमा स्मार्ट लाइससेन्स रुपान्तरण भएको मात्र नविकरण हुने कार्यालयले जनाएको छ । नविकरण गर्न आउदा सक्कल अनुमति पत्रसँगै नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्ने समेत कार्यालयले जनाएको छ । सेवाग्राही अनुपस्थित वा विदेश भएको ब्यक्तिको सवारी चालक अनुमति पत्र नविकरण नहुने कार्यालयले जनाएको छ ।
।
सवारी चालक अनुमति पत्र नविकरणको काम तनहुँको बिमलनगरबाटै हुने भएपछि तनहुँ, लमजुङ,गोरखा र मनाङका सेवाग्राहीले प्रत्यक्ष लाभ लिने भएका छन् । यस क्षेत्रका मानिसहरुलाई सवारी चालक अनुमति पत्र नविकरणका लागि पोखरा लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो ।