images
images
images

आज राष्ट्रिय धान दिवस

images

दमौली, १५ असार ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले बुधबार हिले महोत्सव गर्ने भएको छ ।

प्रतिष्ठान तनहुँले राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिलेमहोत्सव गर्न लागेको अध्यक्ष सितामाया गुरुङले जानकारी दिईन ।
असार १५ गते धान दिवसको अवसरमा बुधबार जिल्लाको व्यास–१ अम्रेनीमा हिले महोत्सव गर्न लागेको प्रतिष्ठान तनहुँका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्बले बताए । उनले भने ’ कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहाना, लोक कला संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन गर्ने हाम्रो चाहाना ।’
उक्त महोत्सवमा डोरी तान्ने प्रतियोगिता, छिटो धान रोप्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने प्रथम उपाध्यक्ष गन्धर्बले जानकारी दिए ।
सरकारले विसं २०६१ देखि हरेक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS