तनहुँ
नेकपा एमालेका नेता हरी पाण्डेले भानु नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
२०३६ सालबाट अनेरास्वीयू हुँदै राजनीति सुरु गरेका पाण्डेले त्यस यता पार्टीमा काम गर्दै आएका छन् । आफुले नेकपा एमालेका लागि आर्थिक नैतिक भौतिक सहयोग गर्दै आएको भएता पनि पार्टीका केन्द्रिय नेताहरुले आफन्तबाद लागु गर्दा आफु अन्ययामा परेकोे पाण्डेले बताए ।
नेकपा एमालेको जिल्ला कमिट सदस्य रहेका पाण्डेले नेकपा एमाले तनहुँ काठमाडौ सम्र्पक मञ्चको कोषध्यक्ष,उपाध्यक्ष र अध्यक्ष समेत रहेर काम गरेका हुन् ।
पल्छिलो समय भानु नगरको मेयर उठ्ने तयारीका साथ नगरका बिभिन्न क्षेत्रका समाजिक काममा सक्रिय रहेका थिए । भानुमा एमालेका तर्फबाट सिताराम बचगाईले उम्मेदवारी दर्ता गराएका छन् । बचगाई नेकपा एमालेकी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभास सदस्य भगवती न्यौपानेका आफ्नै भिनाजु हुन् ।