damuli hospatail

१३ मंसिर २०८०, बुधबार

म्याग्दे गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर र पानि तान्ने मोटर वितरण

तनहुँ । तनहुँकाे म्याग्दे गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र पानी तान्ने मोटर वितरण गरेको छ । गाउँपालिकाले कुल ३२ लाख २० हजार मुल्य बराबरको ४६ वटा हाते ट्याक्टर वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख प्रतिज्ञा देवकाेटाले बताइन् । यस्तै पानी तान्ने माेटर १३ वटा समेत पालिकाले वितरण गरेको छ ।

सामाग्री वितरण कार्यक्रममा कृषकलाई प्रोत्साहन गर्ने उद्धेश्यले अनुदानमा कृषि सामाग्री वितरण गरेकाे गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । निर्वाहमुखी कृषी क्षेत्रलाई ब्यवसायीक कृषि तर्फ उन्मुख गराई कृषी क्षेत्रको उत्पादनमा बृद्धी गर्ने पालिकाको नीति बमोजिम ५० प्रतिशत अनुदानमा सामाग्री बितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारिले हाते ट्याक्टर र पानी तान्ने माेटरकाे सहि सदुपयोग गर्नुपर्ने बताए । गाउँपालिकाले यसअघि पनि कृषकलाई लक्षित गरि विभिन्न अनुदानका सामाग्री वितरण गर्दै आएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख अधिकारीका अनुसार पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको स्थानीयको गुनासो छ । हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala