![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2022/03/Paul-Shah-D-c.jpg?fit=800%2C532&ssl=1)
तनहुँ । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ ।
एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
तीनै पीडितले शाहविरुद्ध पूर्वीनवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ ।