images
images
images

पर्वतलाई हराउँदै आयोजक तनहुँले जित्यो प्रथम तनहुँ भलिबल प्रतियोगिताको उपाधी

images

तनहुँ । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रथम तनहुँ भलिबल प्रतियोगिता २०२२ को उपाधि तनहुँ सेवा समाज युएईलाई हात पारेको छ ।

प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो । आइतबार भएको फाईनलमा तनहुँले उपाधि जितेको हो ।

पर्वत भलिबल टिम र आयोजक तनहुँ सेवा समाज युएई बिच भएको खेलमा आयोजक तनहुँ सेवा समाज युएईले उपाधि चुमेको हो ।

पर्वत भलिबल टिम भने द्वितीय स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रथम हुने टिम तनहुँले नगद पुरस्कार २५ सय युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै द्वितीय हुने पर्वत टिमले नगद पुरस्कार १५ सय युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको समाजका अध्यक्ष सुदिप कार्कीले जानकारी दिए ।

साथै म्यान अफ द म्याच, बेस्ट ब्लोकर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट सर्भिस, बेस्ट लिब्रो (कप, मेडल, प्रमाण पत्र) र उत्कृष्ट खेलाडी लाई साथमा कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिएको कार्कीले बताए ।

प्रतियोगितालाई तनहुँ सेवा समाज युएईका खेलकुद संयोजक राजु तिमिल्सिनाले मुख्य प्रायोजन र अन्य प्रयोजकहरुमा क्युट लुक्स व्युटि पार्लर, शुभ यात्रा ट्राभल् एण्ड टुर्स , नेपाली चुल्हो, सयपत्रि रेस्टुरेन्ट, सयपत्रि ट्राभल, कोसेली ट्राभल, ओने गो ट्राभल्स एन्ड टुर, रिया मनि ट्रान्सफर, घतुक नेपाली क्याफे, हिरालाल श्रेष्ठ, देब शाही ठकुरी, बसन्त थापा, महेश श्रेष्ठ, र भुवन थापा मगर लगाएतले गरेका थिए ।

प्रतियोगितामा रेफ्रीको भुमिकामा पुर्व राष्ट्रिय खेलाडी प्रेम शाही, लोकेश शाही, मिलन चन्द ठकुरी, आशिष कुवर, राजन रानाभाट, भुपेन श्रेत्री, सुनिल थापा, निरज मगर, भरत थापा लगायत सहयोग गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS