images
images
images

नेपाली सेनाका बेदबहादुरलाई पाँचौ व्यासनगर अल्ट्रा म्याराथनको उपाधि

images

तनहुँ । तनहुँको व्यास नगरपालिकाको आयोजनामा शनिबार भएको पाँचौ व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जितेका छन ।

सुनुवारले ४४ किलोमिटरको दुरी २ घण्टा ५८ मिनेट ७ सेकेन्डमा उक्त दुरी पार गर्दै उपाधी जितेका हुन । पाँचौ अल्ट्रा म्याराथनमा प्रथम हुने सुनुवारले रु ८५ हजार ७८ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै नेपाली सेना कै मोहन देव जोशी द्वितीय भएका छन । जोशीले उक्त दुरी ३ घण्टा ५ मिनेट ५१ सेकेन्डमा पार गरेका हुन । द्वितीय हुने जोशीले रु ६५ हजार ७८ नगदसहित ट्रफि र प्रमाण प्राप्त गरेका छन ।

यस्तै नेपाल सेनाका नवराज साउद तृतीय भएका छन । साउदले उक्त दुरी ३ घण्टा ९ मिनेटमा पार गरेका हुन । तृतीय हुने साउदले रु ५५ हजार ७८ नगदसहित ट्रफि प्राप्त गरेका छन ।

सुमन कुलुङ, गोपाल तामाङ, दुर्गा बहादुर बुढा, शेर बहादुर थारु र प्रमिश गुरुङ सान्त्वना भएका छन । यस्तै सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७८ का दरले प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

म्याराथनमा १७३ जना धावकको सहभागिता रहेको थियो ।

खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य सहित व्यास-५ मानुङकोट र व्यास-८ पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यास नगरपालिकाले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी आयोजना गरेको म्याराथन प्रतियोगिता अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन् ।

यो कार्य व्यास नगरपालिकाको दुरदर्शी कार्य हो भन्दै पोख्रेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिदग्राम पुलिमराङ लाई खेलकुदका माध्यमबाट विश्व माझ परिचित गराउन म्याराथनले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

पर्यटनको प्रचुर संम्भावना रहेकोले पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गरिएको न्यौपानेको भनाइ थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS