
तनहुँ । तनहुँको दमौलीमा नेपाली नयाँ वर्षको अघिल्लो साँझ युवा लक्षित ‘लाइभ कन्सर्ट’ हुने भएको छ ।
कन्सर्टमा राष्ट्रियस्तरको कबवेभ व्याण्डको प्रस्तुती रहने छ ।
होटल व्यवसायी संघ तनहुँको आयोजनामा हुने कन्सर्टमा उक्त ब्यान्डले प्रस्तुति दिन लागेको हो ।
होटल व्यवसायी संघ तनहुँको आईतबार बसेको बैठकले कोरोना महामारीका कारण स्थगित भएको कन्सर्टलाई आँउदो नयाँ वर्षमा गर्ने निर्णय गरेको संघका अध्यक्ष दुर्गाविलास भट्टराईले बताए ।
व्यवसाय प्रवर्द्धन गर्न र जिल्लावासीलाई मनोरन्जन प्रदान गराउनका लागि यसभन्दा अगाडिका नयाँ वर्षहरुमा आयोजना गर्न लागिएका कन्सर्टहरु कोरोना महामारीका कारण रोकिएकोले पुनः उक्त कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
कोरोनाको कारण थला परेको होटल व्यवसाय र पर्यटन उद्योगलाई उक्त कार्यक्रमलाई टेवा पुर्याउने पनि भट्टराईले बताए ।