images
images
images

दोभान युवा क्लब दमौलीलाई जिल्ला लिगको उपाधी

images

तनहुँ । तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को उपाधि दोभान युवा क्लब दमौलीले उचालेको छ ।

शुक्रबार दोभान युवा क्लब दमौली र अजम्बरी युवा क्लब बन्दीपुर बीच भएको फाइनल खेलमा दोभान युवा क्लबले अजम्बरी युवा क्लबलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।

खेलको निर्धारित समयभित्र दुवै टिमबाट समान १-१ गोलको बराबरी भएपछि खेल ट्राई ब्रेकेरमा धकेलिएको थियो ।

दोभान युवा क्लब दमौलीले युवा क्लब भिमादलाई सेमीफाइनल खेलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने अजम्बरी युवा क्लब बन्दीपुरले खैरेनीटार युवा क्लब खैरेनीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधि उचाल्दै दोभान युवा क्लबले १ लाख साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् भने उपविजेता अजम्बरी युवा क्लबले ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै सो अवसरमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर , उत्कृष्ट मिड फिल्डरलाई नगद २ हजार ५ सयको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व वनमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले खेलकुदले नै देशलाई चिनाइरहेको अवस्थामा सरकारले खेलकुद क्षेत्रमा राम्रो ध्यान दिन नसकेको बताए ।

राज्यले अन्य क्षेत्रमा लगानी बढाए जस्तै खेलकुद क्षेत्रमा पनि उल्लेख्य लगानी बढाउनुपर्ने उनले बताए । भिमादमा मौलाउँदै गएको खेलकुद गतिविधीलाई मध्यनजर गर्दै उत्कृष्ट राष्ट्रिय स्तरको खेलाडीहरू उत्पादन गर्नको लागि पनि उचित बजेट छुट्याउनको लागि आफूले केन्द्रिय तहमा समेत पहल गर्ने जानकारी दिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाकी उप-प्रमुख शारदा खनाल , ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीय तहले भौतिक पुर्वाधार विकास साथै खेलकुद क्षेत्रमा समेत बजेट विनियोजन गर्दै खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताए ।

एन्फा तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एन्फा तनहुँका महासचिव ज्योति श्रेष्ठले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS