आँबुखैरेनी । भारतीय सेनामा २८ वर्ष सेवा पछि राजनीतिमा होेमिएका गिर बहादुर थापा तनहुँको आँबुखैरेनी गाँउपालिका अध्यक्ष रहेका छन् । २०१७ सालमा जन्मिएका अध्यक्ष थापा भारतीय सैनिकमा रहदा राजनिति शास्त्रको स्नातक सम्म अध्ययन गरे । त्यही क्रममा राजनीति प्रती उनको रुची बढ्दै गयो ।
आँबुखैरनी गाउँपालिका वडा नंं ३ का थापा भारतमा जागरिको सिलसिलामा भारतमा कांग्रेस आईको सरकारको प्रभावले जागिरे जिवन पछि नेपाली कांग्रेसमा आवद्व भएर राजनीति गरे । उनी अहिले जनताको विकासको प्यास मेटाउन सक्रिय रहेका छन् ।
आँबुखैरेनी गाँउपालिकामा प्रधानपञ्च सम्म भएर बुवाले जनताको सेवा गर्दाखेरि नै आफुमा जनताको सेवा गर्नुपर्छ भन्ने भावना आएर राजनीतिमा होमिएका थापासँग उद्घोषन्यूजकर्मीले गरेको छोटो कुराकानी :
चार बर्षको अनुभव कस्तो रह्यो ?
आँबुखैरेनी गाँउपालिकामा हाम्रो चार बर्षको अनुभव काम गर्दै जादा हामी पनि विज्ञ थिएनौ जानेका थिएनौ । यो पहिला संघीयता कार्यान्वय गर्ने क्रामा हामीले धेरै कष्ट सहनु प¥यो । धेरै दुःख सहनु प¥यो ।केही ब्यवस्था नै थिएन ऐन, नियम, कानुनहरु र कार्यविधि थिएनन । ऐन ,नियम, कानुनहरु र कार्यविधि बनाउनु प¥यो ।
भौतिक पुर्वाधारहरु थिएनन ,कर्मचारी थिएनन। सबै ब्यवस्थापन गर्दा अनुभव तिता मिठा धेरै अनुभव बटुल्न अवसर पायौ । संघीयताको कार्यान्वयन गर्ने क्रममा जे जस्ता भूमिका निवाह ग¥यौ संघीयताको मर्म अनुसार नै काम ग¥यौ ।
आँबुखैरेनी गाँउपालिका मुख्य मुख्य के गर्नु भयो ?
अव मुख्य मुख्य काम पुर्वाधा निमांण को काम ग¥यो । गाँउ कार्यपालिकाको भवन निर्माण ग¥यौ । करिब सबै वडा कार्यालयहरुको भवन निर्माण ग¥यौ । एउटा वडाको मात्रै बनाउन बाँकी रहेको छ । आधारभुत सवस्थ्य केन्द्र्र सबै वडामा भवन निर्माण भएको छ । हाट बजारको काम गरेका छौ । फोहोर मैला ब्यवस्थापन केन्द्र निर्माण भएको छ । गाँउ– गाँउमा सडक निमार्ण गरेका छौ । कसैले पनि भारी बोक्नु पर्ने अवस्था छैन् । गाँउ–गाँउमा कच्ची भनेको सडक पुगेको छ । बत्ति पुगेको छ ।
गाँउ गाँउमा खानेपानीको उपलब्ध गराएका छौ । शहरी वडामा त सुद्वीकरण गरेकै पानी उपलब्ध गराएका छौ । गाँउ तिर पनि सडक बति र खानेपानीको काम भएको छ । हाम्रो पालिकाहरुमा दुई वटा विद्यालय नमुना विद्यालयका रुपमा रहेका छन् । क्षेत्रमा सुधारका लागि थुप्रै काम गरेका छौ । कृषि,पशुपालनमा लगातयका क्षेत्रको विकासका लागि समानुपातिक ढङ्गबाट काम गरेका छौ ।
आँबुखैरेनी गाँउपालिका पर्यटकीय स्थानहरुमा के के कस्ता का भएका छन् ?
आबुखैरेनी गाँउपालिकामा धेरै जसो धार्मिक पर्यटकीय स्थानहरु रहेको छन् । छिम्केश्वरी माइ मन्दिर रहेको छ महाभारत पर्वत सृङखलाको अग्लो स्थानमामा रहेको छ। आँधमिुल वाराहीमा पनि धेरै काम गरेका छौ । अकला मन्दिर सम्म पुग्ने सडक कालोपत्रे निर्माण गरेको छौ नदी कटान रोक्न तारजाली समेत गरेका छौ । ,शिवालय मन्दिर सम्म जाने सडक कालेपत्रे भएको छ । पर्यटकीय क्षेत्रमा पुर्वाधारका कामहरु गरेका छौ । छिम्केश्वरी मन्दिरको निर्माणको काम ९० प्रतिसत भन्दा बढी काम भएको छ ।
छिम्केश्वरी मन्दिर सम्म पुग्ने सडक निर्माण गरेका छौँ । आधिमुल सम्म सडक कालोपत्रे काम भएको छ । यो आर्थिक बर्षमा २ करोड बढी लगानी गरेर मन्दिर सम्म पुग्ने सडक कालोपत्रे गर्ने टेन्डर भएको छ । ऐना पहरामा डिपियार तयार भएको छ । बजेट अभावमा अगाडी बढाउन सकेका छैनौ । बजेटका लागि प्रदेश सरकारसँग रकम माग गरेका छौ । हामीले आँबुखैरेनी गाँउपालिका जनप्रतिनिधिहरु,कर्मचारी र जनतासँग मिलेर काम गरेको छौ ।
साढे चार बर्षको कामलाई आफुले आफुलाई कसरी मुल्याङ्कन गनुभएको छ ?
हामी हाम्रो कामहरुबाट सन्तुष्ट रहेका छौँ । हामीले आफुले आँबेखैरेनी गाँउउपालिका जनप्रतिनिधि कर्मचारी,जनतासँग मिलेर राम्रो काम गरेका छौँ । धेरै काम गरेका छौ। केही कामहरु सुरु गरेका आफुना कार्याकालमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मात्र हो । सन्तुष्टि छ , केही अधुरा ,अपुरा काम पुरा गर्ने इच्छा मात्रै । हामीले आबुँमा धब्बा लगाउने काम केही गरेका छैनौ ।
साढे चार वर्षमा केही काम छुटे की ?
धेरै काम भएका छन् । मैले एउटा रंगशालाको अवधारणा ल्याएको थिए । आँबुखैरेनी गाँउपालिकामा प्रदेश स्तरको रंगशाला बनाउने पाए तनहुँकै नमुना रंगशाला बनाउने इच्छा रहेको छ । काम सुरु भएको छ तर पुरा भएको छैन् । एउटा बहुउद्देश्यीय भवन बनाउन पाए आफ्नै कार्यकलामा सुरु गर्न पाए भन्ने छ । मठ मन्दिरमा अलिअलि काम बाँकी छ ।
आँधमिुल सम्म कालोपत्रे सडक आफ्नै कार्यकालमा पु¥याउन पाए भन्ने इच्छा छ । छिम्केश्वरी मन्दिर सम्म कालोपत्रे सडक पु¥यान पाए हामीले सुरु गरेको काम हामीले सम्पन्न गर्न पाए सुनमा सुगन्ध हुने थियो भन्ने छ । जस्तो आँबुखैरेनी गाँउपालिका एउटा फुटवल मैदान निर्माण गर्न पाए भन्ने छ ।
संघ र प्रदेशका सरकारले कस्तो सहयोग पाउनु भयो ? के गर्नुपथ्यो ?
कानुन निर्माणको पाटोमा खासै त्यस्तो मलाई लाग्दैन । तर पनि मलाई के लाग्छ भने जतिपनि सांसद विकास बजेटहरु छ जति पनि संघ सरकारबाट आउने बजेटहरु छ, प्रदेश सरकारबाट आउने योजनाहरु छ ती योजनाहरु पनि सिधै सम्झौता नगरीकन गाउँपालिका अन्र्तगत नै ल्याउन पाए गाउँपालिका स्थानिय तह अन्र्तगत नै पठाउन गरि नियम कानुनहरु बनिदिएको भए त्यो पनि राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ ।
अर्को कुरा यो जति पनि प्राकृतिक स्रोत साधनहरुको हिस्सेदारी छ यो हिस्सेदारी ६०/४० को हिस्सेदारी छ । ६० प्रतिशतको गाउँपालिका तथा स्थानिय तहहरुले राख्छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउँनुपर्दछ । त्यो पनि अब हामी स्थानिय तह मै बजेटहरु राख्न पाए अझै राम्रो विकासहरु हुन्थ्यो किनकी जति पनि हामीले बजेटहरु पठाउँछौ त्यो बजेटको अनुपातमा जुन हिस्सेदारी छ त्यसको अनुपातमा पनि हामीलाई प्रदेश सरकारबाट वित्तिय हस्ताणतरण भएको छैन् । त्यस कारण त्यो पनि राख्न पाए अझै विकास हुन्थ्यो कि भन्ने चाहि मलाई लाग्छ ।
अन्त्यमा भन्नुपर्ने केही छन की ?
होइन, त्यस्तो खासै लाग्दैन । अहिले सम्म साढे चार वर्षमा जति पनि काम ग¥यौ संघको प्रदेशका सरकार सबै जनताहरुको साथ र सहयोगले नै गरेको कुरा हो । जे होस् हामीले कोभिडमा पनि धेरै समय बिताउन प¥यो । कोभिडले गर्दा पनि हामीले सोचेका जति(जति योजनाहरु सुरु गरेका थियौ त्यो योजनाहरु पुरा गर्न सकेन ।
त्यो भुकम्पले गर्दा पनि हामीलाई अलिकति अफ्ट्यारो बनायो । किनकी त्यो ०७४ साल पछि जति नै प्राधिकरणको काम सुरु भयो । विभिन्न समयमा आउने गरेको प्राकृतिक प्रकोपहरुले गर्दा खेरि पनि हामीलाई असजिलो बनायो । बाकी त सबै संघ सरकार, प्रदेश सरकार यहाँका जनप्रतिनिधि,कर्मचारी लगायत आँबुखैरेनीको जनताप्रति सबैसँग म सन्तुष्ट नै छु ।