images
images
images

बिठ्याँईको गरेको जस्तो हामीलाई लाग्दैन्– अध्यक्ष थापा

images

सि.एम.ए. पुर्णसिं थापा बिरामीको घाउमा मलम पट्टी लगाउँदैै राजनीतिमा सकृय थिए । सर्वसधारणका त उनीडाक्टर साप नै हुन । २०७४ सालमा भएको स्थानीयतहको निर्वाचनपछि उनको परिचयमा बन्दीपुर गाउँपालिकाको संघियता कार्यन्यवनमा आएपछिको पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष पनि थपियो । परिचयमात्रै हैन् जिम्मेवारी पनि थपियो । साढे चार बर्ष बढी स्वास्थ्यकर्मी पुर्णसिं बन्दीपुर गाउँपालिकाको अध्यक्ष बनेर नेतृत्व गरिरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार बिकासमा जनताको भोक मेटाउने अभियानमा दिनरात खटिरहेका छन् ।
ऐतिहासिक र पर्यटकीय थलो बन्दीपुरलाई सम्बृद्ध बनाउन थापा नेतृत्वको टिम अनवरत लागिरहेको छ । गाउँपालिका अध्यक्ष थापाको भनाईलाई आधार मान्ने हो भने त निर्वाचनको बेला गरेको एउटा बाहेक सबै प्रतिबद्धता पुराभएका छन् रे ! पाँचबर्षे कार्यकाल पुरा हुन अब चार महिना मात्र हुदाँ थापा नेतृत्वको टिमले बन्दीपुरमा के कति काम गरेका छन् त ? जवाफ खोज्न उद्घोषकर्मीले उनीसँग लामो सवालजवाफ गरेका छन् । प्रस्तुत छ सवालजवाफको सम्पादितअंश

अबको चार महिनामा कार्यकाल सकिदैँछ, यो अवधि सम्म तपाईको अनुभवकस्तो रह्यो ?
संघियता नेपालमा पहिलो पटक प्रयोग हुदैँ थियो । त्यो प्रयोगकर्ताको रुपमा जनताले दिएको जिम्मेवारी ऐतिहासिक र अनुभवै अनुभवको संग्रहजस्तो भईरहेको छ । हामीसँग अनुभव त थिएन, काम गर्ने क्रममा धेरै अनुभव बटुल्ने मौका पाईयो । यो एउटा सिकाईको विश्वविद्यालय जस्तो अनुभति भाँछ मलाई । तैपनि हामीले जनतासँग जे–जे प्रतिबद्धता पुरा गरेका थियौँ गर्नपर्छ भन्ने हुटहुटीभित्रै देखी थियो । हिजो हामीले गरेको प्रतिबद्धता र घोषणापत्र सिरानीमुनी राखेर बस्ने गर्छु । कहिलेकाहीँ पल्टाएर हेर्ने गर्दछु । कति गर्न सकियो,सकिएन भनेर घोत्लिने गर्छु । त्यति बेला हामीले प्रतिबद्धता गरे बमोजिमलगभग सबै काम गरेका छौँ ।
के–के गर्नुभयो त घोषणा पत्र अनुसार ?
एउटामात्रै काम गरिएन् । हरेक वडामा हेलिप्याड बनाउने भनेका थियौँ बन्दीपुर जस्तो ठाउँलाई हेलिप्याडको आवश्यकता रहेनछ । किनकी यो सुगमताले भरिएको पालिका हो । सबै वडामा सबै गाउँमा सडक सञ्जाल सुविधाजनक रुपमापुगेकाले हेलिप्याड बनाउन हामीले आवश्यक ठानेनौँ, गरिएन् ।
अन्य प्रतिबद्धता चाहीँ हामीले पुरा ग¥यौँ । हामीले जनताको आधारभुत आवश्यकता पुरा गर्छौँ भनेका थियौँ।उज्यालो बन्दीपुर बनाउँछौँ भनेका थियौँ त्यो पनि सफल भयो । रिङरोड बनाउने महत्वकांक्षी योजना थियो, थोरै खर्चमा हामीले पुरा गरेका छौँ । जस्ले बन्दीपुरको सामरिक महत्व राख्छ, बन्दीपुरको विकासमा दुरगामी प्रभावपार्दछ भन्ने हाम्रो अवधाराणा थियो । रिङरोडको हामीले ट्रयाक खन्न सफल भएकाछौँ । १२ महिना सवारी साधन चल्ने बनाउन सकिरहेका छैनौँ त्यो बनाउने दौडमा छौँ । सबै वडामा गाउँमा सडक लाने भनेकोमा सफल भयौँ । त्यसलाई स्तरोन्नती गर्न बाँकी छ । हामीले हरेक वडा कार्यलय जाने सडक पिचगर्छौँ भनेका त थिएनौँ तर करिब करिब वडा कार्यालय सम्म पुग्ने सडक पिच गर्ने हकमा ८० प्रतिशत सफल भएकाछौँ ।
थुप्रै ठाउँमा खानेपानी थिएन । खानेपानीका ठुलाठुला योजना सफलभाको छ बन्दीपुरमा । कृषिमा आधुनिकरण ल्याएर उत्पादनसँगै वृद्धी गर्ने जुन लक्ष्य थियो सुरुवातभएको छ । चक्लाबन्दी भएको छ । हाते ट्याक्टरदेखीठुला ट्याक्टर सम्म, थ्रेसर मेसिन किसानलाई वितरण गर्न सफल भएकाछौँ । अनुदानले उत्पादन बढ््ने भएकाले किसानमा हौसला समेत थपिएको छ ।
बन्दीपुर गाउँपालिकाले एक लिटर दुधमा एक रुपैयाँअनुदानदिने व्यवस्था ग¥यौँ र हामीले सुरु गरेपछि गण्डकी प्रदेश सरकारले पनि सुरु गरेको छ । हामीले सुरु गरेको अभियानले गण्डकी प्रदेशभरका किसान लाभन्वित भएका छन् । कृषि र पशुपालनमा पकेट क्षेत्रहरु बनाउन सफल भएकाछौँ । यि सबै आधारभुत काम हो । यि कामको परिणाम अबको तीन चार बर्षमामात्र देखिन सुरु गर्छ । यसबाट उत्पादन बृद्धीहुन्छ र रोजगारी सिर्जना हुन्छ ।

न्दीपुर त पर्यटकीयनगरी हो, पर्यटनको क्षेत्रमाचाहीँ के-के गर्नुभयो
बन्दीपुर ऐतिहासिक थलो हो । इतिहास हाम्रो सम्पदाहो, सम्पती हो । सम्पदा जगर्ने गर्नु हाम्रो उत्तरदायित्वहो । सम्पदालाई सम्पतीमा रुपान्तरण गर्नु हाम्रो सम्बृद्धी खुड्किलो हो भन्ने लाग्दछ । त्यस कारण हामीले ती सम्पदालाई जोगाउँदै, पुननिर्माणगर्दै नेपालमा मात्रनभएर विश्वमा चिनाउने कोशिष गरेका छौँ । यो चार बर्षमा त्यसलाई सम्पती अर्थात रोजगारसँग ढालेर यहाँको युवाहरुलाई रोजगारीदिने र पालिकाको आम्दानीको रुपमा प्रयोग गर्ने सोच बनाएका थियौँ । त्यो विस्तारै सफल भएको छ । जति गर्नु पर्ने थियो पाँचबर्ष हामीलाई पर्याप्त थिएन् । मुलुकको आर्थिक स्थिती हेर्ने हो भने गए गुज्रेको अवस्थामाछ । विकास बजेट निकै कम छ । तैपनिकम बजेटलाई पनि अधिकतम सदुपयोग गर्ने काम बन्दीपुरले गरेको छ ।
हामीले बन्दीपुरलाई नेपालकै नमुना पर्यटकीय क्षेत्र बनाउने अभियान चालेका छौँ । पर्यटनबाट सम्बृद्धी सम्भव छ है भनेर बन्दीपुरले अभियान सुरुवात गरेको हो। पर्यटनमा हामीले अहिले गरेको कामको प्रतिफलतीन चार बर्षमा देखिन्छ । त्यति बेला यहाँहजारौँ युवाले रोजगार पाउँछन् । सयौँ व्यवसाय थपिन्छन् । हजारौँको संख्यामा पर्यटक भित्रिन्छन् । जति पर्यटक आउँछन् त्यति रोजागारीको अवसर सिर्जना हुन्छ, उत्पादन बढ्छ । उत्पादनको बजारीकरणहुन्छ ।

तपाई जुन पार्टीबाट प्रतिनिधित्वगर्दै गाउँपालिका अध्यक्षमा निर्वाचितहुनु भयो त्यही पार्टी माओवादीले भन्दै आएको शहिद, वेपत्ता, घाईते र पिडितवर्गको पक्षमा केही गर्नुभयो ?
हामी निर्वाचित भएर आए पछि पार्टी हराएको अनुभुती भएको छ । हाम्रो माथिल्लो नेतृत्वले कहिल्यै छलफल गरेन । हामीले नै पार्टी खोज्नुपर्ने स्थिती थियो र पार्टीसँग पनि मास्टर प्लाननभएको मलाई अनुभुती हुन्छ । नेपालका सबै पार्टीसँग त्यो हुन जरुरत थियो, भएन् । तैपनि हामी उत्पिडित वर्गका लागि संघर्ष गरेको पार्टी र हाम्रो प्रयासले गर्न धेरै खोजेका छौँ । बन्दीपुरमा हामीले शहिदपार्कहरु बनायौँ । हरेक बर्ष शहिदको स्मरण गर्ने स्मृति सभाहरु मनायौँ । र हरेक बर्ष शहिद परिवारका लागि एउटा त एउटाकाम गरेका छौँ । कहिले न्यानो कपडा वितरण, कहिले आर्थिक सहयोग ग¥यौँ । रोजगारी सिर्जना गर्दा शहिद, वेपत्तार घाईते परिवारलाई प्राथमिकतामा राखेका छौँ । रोजगार मात्रै होईन् अनुदान दिदााँ पनि प्राथमिकता दिएकाछौँ । यो बर्षदेखी बन्दिपुर गाउँपालिकाले छात्र छात्रादुई जनालाई निःशुल्क इञ्जिनियरिङ पढाउने भनेको छ । त्यसमा पनि पहिलो प्राथमिकता शहिद, घाईते, वेपत्ता र उत्पिडित परिवारलाई नै दिएकाछौँ । अरु पालिकाको तुलनामा बन्दीपुरले परिर्वतनका संवाहकलाई समेट्ने कोशिष गरेको छ ।

घोषणा गरेको एउटाबाहेक सबै प्रतिबद्धता पुरा गरे भन्नुहुन्छ । प्रतिबद्धता पुरा गरेपछि जन अपेक्षापनि पुरा भएका छन् कि झनै बढेको छ । कसरी विश्लेषण गर्नुभएको अध्यक्ष ज्यू?
जन अपेक्षा कहिल्यै पनि घट्दैन,झनै बढ्छ । नेपालमा सबै खाले व्यवस्था गएपछि हामीले चाहेको जस्तो व्यवस्था आएपछि जनताहरुको अपेक्षा सगरमाथा जस्तो अग्लो छ । हाम्रो क्षमता भन्दा बढीमागहरु आकंक्षाहरु छन् । यो स्वभाविक पनि हो । तर हामीले जनताले अपेक्षा गरे अनुसार गर्न पनि सकिन्न्, जनतालाई बुझाउन जरुरी छ । कतिपयले बुझ्नुु पनिभाुछ । कतिपय जनअपेक्षा पुरा गर्दा गर्दै पनि गरेको नदेख्ने हुदोँ रहेछ राजनीतिमा । हेर्ने दृष्टिकोणमा खराबी या फरक भएर हुन सक्छ । सकारत्मक रुपमा हेर्दियो भने हामीले गरेको कामहरु सराहनिय छन् । जे जे बोलेका थियौँ त्यै गरेका छौँ । बिठ्याँईको गरेको जस्तो हामीलाई लाग्दैन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS