images
images
images

नेपाली सेनाका तामाङलाई ऋषिङ अल्ट्रा म्याराथनको उपाधि

images

तनहुँ । दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका तिर्थ तामाङले जितेका छन । तामाङले ४३ किलोमिटरको दुरी २ घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन ।

त्यस्तै उक्त म्याराथनमा सोही दुरी २ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पार गर्दै देवराज महतारा द्धितिय भएका छन ।

यस्तै सोलुखुम्बुका सुमन कुलुङले उक्त दुरी ३ घण्टा ५ मिनेट ४६ सेकेन्डमा पार गर्दै तृतीय भए । कुलुङ यस अघि पनि तृतीय भएका थिए । त्यसैगरी पाँचथरका राजन मेयङ्गबाले उक्त दुरी ३ घण्टा ६ मिनेट २६ सेकेन्डमा पार गर्दै सान्त्वना भए ।

विजेताहरुले क्रमश: ६५ हजार, ४० हजार, २५ हजार र १० हजार पुरस्कार पाएका छन । उक्त प्रतियोगितामा ४९ जना धावकहरुले सहभागिता जनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ जानकारी दिए ।

त्यस्तै महिला तर्फको ४ किलोमिटर दौड प्रतियोगितामा सिता रानाभाट प्रथम, यमुना थापा द्दितिय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना भएकी छिन । विजेताहरुले १० हजार, ८ हजार, ५ हजार र २ हजार पुरस्कार पाएका छन ।

प्रतियोगिता ऋषिङको धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भीरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।

त्यस्तै, स्थानीय खुल्लातर्फको १० किमी दौड प्रतियोगितामा पदमबहादुर आले प्रथम, श्रीराम सिग्देल द्वितीय, समुन्द्र आले तृतीय र तीर्थबहादुर राना सान्त्वना भएका छन् । उनीहरूले क्रमशः १५ हजार, १० हजार, ६ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको प्रवक्ता विजय दरैले बताए ।

गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले उपाधि जितेका थिए भने डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय, कालीकोटका देवराज महतारा, वेदबहादुर सुनार र धर्म महर्जनले सान्त्वना पुरस्कार हासिल गरेका थिए ।

खेलकुदमार्फत गाउँपालिकाको ऐतिहासिक एंव पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

त्यसैगरी सर्ट दौडमा ३० जना र महिला सर्ट दौडमा ६ जना खेलाडीहरु सहभागी भएको म्याराथन कार्यक्रम संयोजक दान बहादुर श्रेष्ठले बताए ।

कार्यक्रम ऋषिङ्ग-८ की अध्यक्ष भवीसरा आलेको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य झुल बहादुर आले रहेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS