images
images
images

प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवको तयारी पूरा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उद्घाटन गर्ने

images

दमौली, २३ मंसिर ।
प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले महोत्सवको सबै तयारी पुरा भएको जानकारी दिए ।
महोत्सव स्थल झकी झकाउ पार्ने काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । मादी नदीमा बाँसको पुल निर्माण गर्ने काम भएकमो छ ।
महोत्सव स्थल प्रवेश गर्ने मुख्य प्रवेशद्वार, स्टेज बनाउने, स्टलहरुमा कपडा राख्ने काम भइरहेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताउनुभयो । महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु राख्ने काम भइरहेको आयोजकले जानकारी दिएका छन् । बोटे जातिको संस्कृति झल्कने घर, निर्माण भइसकेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए। महोत्सव स्थलमा व्यास र पराशरको ऐतिहासिक सामग्रीहरु समेत स्टलको रुपमा राखिने बताइएको छ । महोत्सव स्थल जान २ वटा बसको व्यवस्था गर्ने भनिए पनि घुमेर जानुपर्ने भएकाले पछि मादी नदीमा बाँसको अस्थायी पुल निर्माण गरिएको हो । सो महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव मंसिर २४ देखि पुस ३ गतेसम्म संचालन हुनेछ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS