थर्पु
थर्पु युवा क्लबको भवन तथा प्रथम थर्पु ब्याडमिन्टन कपको उद्घाटन भएको छ । क्लवको भवन तथा ब्याडमिन्टन कपको उद्घाटन म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले गरिन् । भवन उद्घाटन गर्दै प्रमुख अतिथि रानाले क्लवले आफ्नै भवन निर्माण गर्न सक्नु अत्यन्तै प्रशंसनीय काम भएको बताइन् । रचनात्मक कामको लागि क्लबलाई सदैव सहयोग हुने अध्यक्ष रानाको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , अतिथिहरू कार्यपालिका सदस्य बद्रीका घिमिरे , ब्यास नगरपालिका वडा नँ ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठ , आदर्श नमुना क्लवका अध्यक्ष गौरबराज राना , क्लवका पुर्व अध्यक्ष खमबहादुर नेपाली , शुन्दर मणि अधिकारी लगायतको उपस्थिति रहेको क्लवका पुर्व अध्यक्ष तथा खेल संयोजक एवम् म्याग्दे ४ का वडा सदस्य दिपक श्रेष्ठले बताए । तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार इकाइको भवन माथि थपिएको क्लवको भवन निर्माण करिब ५ लाखमा सम्पन्न भएको खेल संयोजक श्रेष्ठले बताए । जस अन्तर्गत म्याग्दे गाउँपालिकाले ३ लाख ५० हजार र क्लवको १ लाख ५० हजार गरि ५ लाख खर्च भएको हो ।
थर्पु ब्याडमिन्टन हलमा भएको ब्याडमिन्टन प्रतियोगितामा बि लेभलमा २० टिम र सि लेभलमा ३५ टिमको सहभागीता रहेको खेल संयोजक श्रेष्ठले बताए । ४ गतेसम्म चल्ने प्रतियोगितामा बि लेभलमा प्रथम हुने टिमलाई नगद रू २५ हजार , प्रमाणपत्र , ट्रफि र मेडल तथा द्धितिय हुने टिमलाई नगद १५ हजार , प्रमाणपत्र , ट्रफि र मेडल प्रदान गरिने छ । यसैगरी सि लेभलको प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश २५ हजार , १५ हजार र तृतीय हुने टिमलाई ५ हजार नगद , प्रमाणपत्र , ट्रफि र मेडल रहेको संयोजक श्रेष्ठले बताए । २०५९ सालमा स्थापना भएको यश क्लवले मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले बिबिध साँस्कृतिक रचनात्मक , सामाजिक र युवा बर्ग लक्षित कार्यक्रम गर्दै आएको छ । यहि क्रममा ब्याडमिन्टन खेल बिकासको लागि कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष बिस्णु नेपालीले बताए ।
क्लवका अध्यक्ष विष्णु नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गायक ईश्वर परियारले गरेका थिऐ । प्रतियोगिताको उद्घाटनका बेला स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए