images
images
images

साफ च्याम्पियनसिप फाइनल : भारतले उचाल्यो उपाधि, नेपाल उपविजेतामा सीमित

images

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।

पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

निकै बलियो टिम मानिएको भारतलाई विरुद्ध गोल गर्न नेपाललाई निकै हम्मे हम्मे पर्यो । नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । फाइनल खेलमा भारतसँग पराजय भएसँगै नेपाल उपविजेतामा सीमित भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS