images
images

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

  • images
  • २२ चैत्र २०८२, आईतवार ०६:१५
images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बतायो ।

अब मुद्दाका सबै पक्ष मिलिसकेकाले भोलि दुवै जनाका रिट पेसीमा चढ्ने स्रोतको भनाइ छ ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो

सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि भोलि बहस हुने स्रोतले बतायो ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS