images
images

आँबुखैरेनी गाउँपालिका तनहुँमा उत्कृष्ट

images

दमौली, १ चैत्र ।
आँबुखैरेनी गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा तनहुँ जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नेपाल सरकारबाट उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत गरिएको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकाले १७ वटा सूचकका आधारमा ६७.०७ अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो ।उक्त मूल्यांकन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा गरिएको हो। मूल्यांकनमा स्थानीय तहको सुशासन, वित्तीय व्यवस्थापन, योजना तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न सूचकहरू समावेश गरिएका थिए ।
गाउँपालिकाले हासिल गरेको यो उपलब्धि प्रभावकारी योजना निर्माण, पारदर्शी प्रशासन, उत्तरदायी नेतृत्व तथा विकासप्रतिको दृढ प्रतिबद्धताको परिणाम भएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताएका छन्। उनले यस उपलब्धिले गाउँपालिकालाई अझ जिम्मेवार र सक्रिय भएर विकास निर्माणका कामलाई अगाडि बढाउन थप प्रेरणा मिलेको उल्लेख गरे। साथै उनले यस सफलतामा योगदान पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
पछिल्लो समय गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषि हाटबजार सञ्चालन गर्दै स्थानीय किसानलाई उत्पादन बिक्री वितरणका लागि सहज वातावरण सिर्जना गरिएको छ। यसले ग्रामीण किसानहरूको आयआर्जनमा सकारात्मक सुधार ल्याएको गाउँपालिकाको दाबी छ।
स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि आँबुखैरेनी अस्पतालको सेवा विस्तार, आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापन तथा स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्न गाउँपालिकाले विशेष पहल गरेको छ। साथै गाउँका विभिन्न वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको सुदृढीकरण गरिँदै आएको छ । शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधिमैत्री शिक्षा प्रणालीको विकास, शिक्षक क्षमता अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यसले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण र पूर्वाधार विकासमा पनि काम गर्दै आएको छ। पर्यटन पूर्वाधार विकासमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै गाउँपालिकाको आन्तरिक राजस्व वृद्धिमा समेत सहयोग पुगेको बताइएको छ। त्यसैगरी सडक, खानेपानी, सिंचाइ, कृषि उत्पादन वृद्धि, महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन तथा सामाजिक सुरक्षा कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। सेवा प्रवाहलाई सहज बनाउन डिजिटल प्रणालीको प्रयोग, नागरिकमैत्री सेवा केन्द्र सञ्चालन तथा पारदर्शिता कायम गर्न विभिन्न सुधारात्मक कदमहरू समेत चालिएको छ।
तनहुँ जिल्लाभित्र आँबुखैरेनी गाउँपालिकाले विकास, सुशासन र सेवा प्रवाहका क्षेत्रमा उदाहरणीय कार्य गर्दै अघि बढिरहेको सन्देश दिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS