images
images

तनहुँमा समानुपातिक तर्फको मतगणना सकियो रास्वपालाई लोकप्रीय मत

images

दमौली, २६ फागुन ।
तनहुँको समानुपातिक मत गणना सएिको छ । तनहुँका दुवै निर्वाचनमा क्षेत्रमा रास्वापले लोकप्रीय मत प्राप्त गरेको छ । प्रत्यक्षमा दुवै सिटमा विजय हासिल गरेको रास्वपाले समानुपातिकमा पनि पुरानदलहरुको गढ भत्काइदिएको छ । यो नतिजासँगै तनहुँमा कांग्रेस एमालेको वर्चस्व तोडिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले प्रत्यक्षको तुलनामा सामानुपातिकमा पनि कमजोर देखिएका छन् । तनहुँ–१ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३८ हजार ८०७ मत पाएको छ । दोस्रो स्थानमा मत पाएको नेपाली कांग्रेसलाई भन्दा मतदाताले २३ हजार ६३५ मत बढी दिएका हुन् ।
नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा एमालेले ५ हजार ९६० मत पयो । नेपाली कम्युनिस्ट पार्टीले २ हजार ८४८ मत प्राप्त गरेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षको तुलनामा केही मत बढाएको हो । तर, गएका निर्वाचनको तुलनामा निकै खस्किएको नतिजा आएको छ । समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मत बढाउदै १ हजार ७७६ र श्रम संस्कृति पार्टीले १ हजार ५३२ मत पाएको हो ।
समानुपातिकमा ६९ हजार ६५५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार, १ हजार ९४२ मत बदर हुदा ६७ हजार ७१३ मत सदर भएको थियो । तनहुँ–१ मा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति स्वर्णिम वाग्ले २१ हजार ८०९ मतान्तरसहित दोस्रो पटक निर्वाचित भएका छन् । स्वर्णिमले ३८ हजार ४० मत प्राप्त गर्दै दोहोरिए ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाए । एमालेकी भगवती न्यौपानेले ५ हजार ८३०, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ९६७, राप्रपाका रामदत्त जोशीले ८२६, उज्यालो नेपाल पार्टीका मञ्जिल रानाले ५०८ मत पाएका हुन् । १ लाख २६ हजार ८८२ मतदाता रहेको यो क्षेत्रमा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्य २ हजार ७३० मत बदर भएको थियो ।
तनहुँक्षेत्र नंम्वर २ मा समानुपातिकतर्फ रास्वपाले ३० हजार ३२५ मत पाएको छ । यो क्षेत्रमा प्रत्यक्षको तुलनामा रास्वपाले समानुपातिकमा कम मत पाएको हो । नेपाली कांग्रेस, एमाले, र नेपाली कम्युनिस्ट पार्टीले पनि प्रत्यक्षभन्दा कम मत पाएको छ ।
नेपाली कांग्रेसले १२ हजार २६७, एमालेले ९ हजार ९८० र नेपाली कम्युनिस्ट पार्टीले १ हजार ८०० मत पाए । प्रत्यक्षमा भन्दा मत बढाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २९१ मत ल्याएको हो । प्रत्यक्षमा उम्मेदवार नभएपनि श्रम संस्कृति पार्टीलाई १ हजार २१० मतदाताले मत पाएका हुन् ।
प्रत्यक्षमा अनुभवी प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका इञ्जिनियर श्रीराम न्यौपाने फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । १८ हजार ५५२ मतान्तरले निर्वाचित भएका उनले ३२ हजार ६८७ मत पाए । नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५, नेकपा एमालेका केदार सिग्देलले ११ हजार ६६८, नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापाले १ हजार ९५३ मत प्राप्त गरे । राप्रपाका यामबहादुर खाँड ठकुरीले मत १ हजार ११७ ल्याए ।
यो क्षेत्रमा ६६ हजार २३१ मत खसेको थियो । १ लाख २६ हजार ८८२ मतदाता थिए । मत ६२ हजार ५७९ मत सदर हुँदा ३ हजार ५२२ बदर भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS