images
images

प्राविधिक समस्याका कारण नासाको ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित

images

 

नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।

५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो

फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन सफा गर्न हिलियम ग्यास अनिवार्य मानिन्छ ।

३२२ फिट अग्लो एसएलएस रकेट र ओरियन स्पेसक्राफ्टलाई अब लन्च प्याडबाट फिर्ता लगेर ‘भेहिकल एसेम्बली बिल्डिङ’ मा राखिनेछ। प्याडमा राखेर मर्मत गर्न असम्भव भएकाले रकेटलाई ह्याङ्गरमा फर्काउन लागिएको हो ।

यसअघि मार्च ६ का लागि तय गरिएको प्रक्षेपण अब रद्द भएको छ। अब अप्रिल १ देखि ६ को बीचमा नयाँ मिति तय हुन सक्ने सम्भावना रहेको छ ।

प्रशासक आइज्याकम्यानले यो ढिलाइले टोलीमा निराशा छाए पनि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् ।

यस १० दिने ऐतिहासिक यात्रामा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर, र क्रिस्टिना कोच तथा एक क्यानेडियन यात्री जेरेमी ह्यान्सेन सहभागी हुनेछन् ।

अमेरिकाले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धाका बीच सन् २०३० अगावै पुनः मानवलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS