images
images

छिम्केस्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनकाे उद्घाटन

images

तनहुँ ।

  • आबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केस्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट औपचारिक रूपमा स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ। नवनिर्मित भवन सञ्चालनमा आएपछि ग्रामीण भेगका नागरिकले अब अझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तारका लागि गरिएको निरन्तर प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा यसलाई लिइएको छ। स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गर्ने उद्देश्यअनुसार स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुदृढ गरिएको गाउँपालिकाले जनाएको छ।

नयाँ भवनबाट नियमित उपचार सेवा, प्राथमिक स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा अझ व्यवस्थित र प्रभावकारी रूपमा प्रदान गरिनेछ। यसले सेवा प्रवाहमा सहजता ल्याउनुका साथै बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

 

आबुखैरेनी गाउँपालिका स्वास्थ्य क्षेत्रमा थप सुधार र विकासका लागि निरन्तर प्रतिबद्ध रहेको र आगामी दिनमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS