images
images

पूर्व उपरथी बाबुराम श्रेष्ठले गोरखा-२ बाट स्वतन्त्र उम्मेदवारी दिने

images

पोखरा । नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सिरान्चोक गाउँपालिका-८ जौबारीका स्थायी बासिन्दा श्रेष्ठले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘जेनजी आन्दोलनको ऊर्जा र शहीदको बलिदानलाई आत्मसात् गर्दै, नयाँ सोच र विकासको स्पष्ट खाका सहित अबको बाँकी जीवन गोरखाको समृद्धिका लागि समर्पण गर्ने प्रण गर्दछु,’ उनले भनेका छन् । विधि प्रक्रिया बमोजिम गर्नुपर्ने कामहरू क्रमिक रूपमा गर्ने प्रतिबद्धता सहित उनले सहयोगको याचना गरेका छन् ।

श्रेष्ठ सिभिल इन्जिनियरिङ हुँदै नेपाली सेनामा लामो समय कार्यरत थिए । ‘सिभिल इञ्जिनियरिङको ज्ञान र नेपाली सेनाको अनुशासनलाई अब जन्मभूमिको सेवामा लगाउनेछु,’ अघि थपे, ‘आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य बोकी गोरखा क्षेत्र नं. २ बाट मेरो स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु ।’ रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS