नेपाली कांग्रेस भिमाद नगर कार्यसमितिको आयोजनामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने तथा स्वतन्त्र रूपमा सक्रिय जेनजी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जेनजी आन्दोलन पश्चात् पहिलो पटक जिल्ला आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान सांसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा ६५ जना युवाहरूले पार्टी प्रवेश गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति चुडामणि खनाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।सो कार्यक्रम नगर सभापति अरबिन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।
युवाहरूको आकर्षक सहभागितासँगै भिमाद क्षेत्रमा संगठन विस्तार र राजनीतिक सक्रियता थप मजबुत भएको नेताहरूले बताए।














