images
images

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

images

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो । दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएका थिए । तर त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS