images
images

जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

images

काठमाडौँ । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।

अस्पतालका मेडिकल निर्देशक डा।सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका बिरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।

जलनका बिरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS