images
images

बीएस्सी नर्सिङ, बी.एन.एस., बी.ए.एम.एस. र अप्टोमेट्री प्रवेश नतिजा सार्वजनिक

images

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह शैक्षिक सत्र २०२६ का लागि बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्री, बी.एन.एस./बी.एम.एस., बी.ए.एम.एस. तथा बी।अप्टोमेट्री कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ।

शैक्षिक सत्र २०८२/८३ का लागि भर्ना प्रक्रिया अन्तर्गत आयोगले २०८२ कार्तिक १७ गते बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्री र मिति २०८२ कार्तिक १८ गते बी.एन.एस./बी.एम.एस., बी.ए.एम.एस. र बी. अप्टोमेट्री कार्यक्रमको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो। सोही परीक्षामा सहभागी भई योग्यता क्रममा परेका उम्मेदवारहरूको नतिजा आयोगले सार्वजनिक गरेको हो। परीक्षार्थीले आफ्नै प्रोफाइलमार्फत नतिजा हेर्न सक्ने व्यवस्था पनि गरिएको छ।

आयोगका अनुसार ओएमआर सीटमा रोल नम्बर वा प्रश्न पत्र सेटको बबल सही रूपमा नभरिएका, दुवै बबल नभरिएका, वा गलत प्रकारले भरिएका केही परीक्षार्थीहरूको उत्तर पुस्तिका रद्द गरिएको जनाएको छ। यस्तै, झुटा विवरण पेस गरी परीक्षामा सहभागी भएको प्रमाणित भएमा सम्बन्धित परीक्षार्थीको नतिजा जुनसुकै बखत रद्द गरिने चेतावनी पनि आयोगले दिएको छ। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS