images
images

बालेन, रवि, कुलमानदेखि हर्क र सुमनासम्म एकै ठाउँमा उभिन सुदन गुरुङको आह्‌वान

images

काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्‌वान गरेका छन् । उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै सामाजिक सञ्जालमार्फत आह्‌वान गरेका हुन् ।

उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन् ।

‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,’ उनले भनेका छन् ।

जेनजी एकजुट भएको दाबी
गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । अब सबै पुस्ता जोडिनका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

अभियानको दोस्रो चरण अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताएका छन् । गुरुङले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सोही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गरिने बताएका छन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS