तनहुँ । बन्दीपुर गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्ने भनिएको आलु बीउ बजार मूल्य भन्दा महँगोमा किसानलाई वितरण गरेको आरोप लागेको छ ।
बन्दिपुर गाउँपालिका वडा नं। ५ का अध्यक्ष धु्रब प्रसाद लामिछानेले सो अरोप लगाएका हुन् । उनले भनेका छन् गाउँपालिकाले प्रतिकिलो रु। ६० पर्ने आलुको बीउ अनुदान कार्यक्रममार्फत वितरण गरेको भए पनि त्यसै बीउ बजारमा प्रतिकिलो रु। ५० मा पाइन्छ। यसरी बाहिर सस्तोमा पाइने बीउ अनुदानको नाममा महँगोमा वितरण गर्नु किसानमाथिको अन्याय भएको लामछिानेले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेबुकमा लोखेका छन् ‘बन्दिपुर गा पा ले ५० प्रतिसत अनुदानमा बितरण गरेको आलुको बीउ को मूल्य प्रती के जि ६० बाहिर पुरै मुल्यमा किन्दा रु ५० । बन्दिपुर का किसान हरु कति सहनसिल हुन भन्यारुबिद्यालयका प्र अ र समिती आफ्ना पार्टी का लाई बनाउन कार्यपालिका को बैठक सार्न परेको छ सरकारलाइ। किसान का लागि कसले ध्यानदिन भ्याउने रु जेन जि आन्दोलनले देसमात्रै जल्यो, शासन गर्नेको मति कैले जल्ला ????? थुक्क ।’












