काठमाडौँ, ११ साउन : अमेरिकाको मिशिगनमा वालमार्ट सुपरमार्केटको एउटा आउटलेटमा चक्कु प्रहार भएको छ । यस घटनामा कम्तीमा ११ जना घाइते भएको भनिएको छ । यो जानकारी अधिकारीहरूले दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
ट्राभल्स सिटीमा भएको यो घटनापछि एक संदिग्धलाई हिरासतमा लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् । घाइतेलाई नजिकैको म्यानहट्टन मेडिकल सेन्टर अस्पताल लगिएको थियो ।
११ जना घाइतेहरूको उपचार भइरहेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार ६ जना बिरामीको अवस्था गम्भीर छ । अधिकारीहरूले घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।
















