
दमौली, ०८ असार ।
भानु नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा आधारित बजेट प्रस्तुत गरिएको छ । १६ औं नगरसभाले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा ८८ करोड ५९ लाख ४ हजारको आय–ब्यय बजेट प्रस्तुत गरेको हो ।
युवाहरूलाई सीप, पुँजी र प्रविधि हस्तान्तरण गरी युवा स्वरोजगार कार्यक्रम , साना तथा घरेलु उद्योग, परम्परागत पेशा व्यवसायको स्थापना, विकास, विस्तार तथा संरक्षण र प्रवर्धनमा विशेष जोड दिइनेछ । सहकारीलाई पूँजी निर्माणको महत्त्वपूर्ण माध्यमको रूपमा स्थापित गरी स्थानीय रोजगारी वृद्धि तथा स्थानीय कृषि उद्योग स्थापना र साना घरेलु उद्यममा लगानी गर्ने वातावरणको सृजना गरिने र यस क्षेत्रको विकास र सेवाका बिषयमा बजेटमा प्राथामिकता रहेका छन् ।