
भिमाद
भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि ६३ करोड ७२ लाख ६ हजार ३ सय ७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् । उक्त, बजेट मध्ये चालु तर्फ ६९.७५ प्रतिशत अर्थात ४४ करोड ४४ लाख ८५ हजार ३७० रुपैयाँ र पुँजिगत तर्फ ३०.२५ प्रतिशत अर्थात १९ करोड २७ लाख ७५ हजार रुपैयाँ बाडफाँड गरिएको छ ।
भिमादले आर्थिक विकासमा ३ करोड ४४ लाख ७५ हजार, सामाजिक विकासमा ३५ करोड ५० लाख ३३ हजार ३७०, पुर्वाधार विकासमा १३ करोड ९ लाख २५ हजार, शुसशान तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ७५ लाख ४७ हजार र कार्यालय सन्चालन तथा प्रशासन क्षेत्रको लागि ९ करोड ९२ लाख ६० हजार ३७० रुपैयाँ बिनियोजन गरेको छ ।
भिमादले मंगलबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगर प्रमुख दधिराज सुवेदीले नगर सभाको पहिलो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभामा योजना अनुगमन समितिको वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव, लेखा समितिका संयोजक विर बहादुर वस्यालले लेखा समितिको २०८१÷०८२ वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव पेश गरेका थिए । नगर सभाको २० औँ अधिवेसनको दोश्रो बैठक असार २७ गते बस्ने नगरपालिकाले जनाएको छ ।