images
images
images

भारत र पाकिस्तानसँग व्यापार वृद्धि गर्ने ट्रम्पको वाचा

images

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारत र पाकिस्तानका नेताहरूको प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, ‘अमेरिका तपाईंहरूलाई यो ऐतिहासिक र साहसी निर्णयमा पुग्न सघाउन सक्षम भएकोमा म गर्व गर्छु ।’

ट्रम्पले कश्मीरसम्बन्धी समाधान निकाल्न सकियोस् भनेर आफूले यी काम गरिरहेको संकेत गरेका छन् ।

उनले अगाडि थपे, ‘तपाईंहरूको विरता र साहसी निर्णयले तपाईंहरूको इतिहासमा गौरव थपेको छ ।’

“यद्यपि यो विषयमा चर्चा नै भएको थिएन, म अब यी दुवै महान राष्ट्रहरूसँग व्यापारलाई ठूलो मात्रामा वृद्धि गर्नेछु। साथै, म तपाईंहरू दुवैसँग मिलेर काम गर्नेछु, ताकि ‘हजारौं वर्षपछि’ भए पनि कश्मीरसम्बन्धी कुनै समाधान निकाल्न सकियोस्,” उनले थप लेखे ।

ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई ‘ऐतिहासिक र साहसी’ निर्णय भनेका छन् र दुवै देशको नेतृत्वको प्रशंसा गरेका छन् ।

‘म भारत र पाकिस्तानको दृढ र शक्तिशाली नेतृत्वप्रति अत्यन्त गर्व गर्छु, जसले साहस, बुद्धिमत्ता र धैर्यका साथ यो कुरा बुझ्न सके कि अबको आक्रोशलाई रोक्ने समय आएको छ, जसले यति धेरै जनधनको विनाश ल्याउन सक्थ्यो। लाखौं निर्दोष मानिसहरू मर्न सक्थे१,’ उनले लेखेका छन् ।

उनले भने, ‘भारत र पाकिस्तानको नेतृत्वलाई यस्तो उत्कृष्ट कार्यका लागि भगवानको आशीर्वाद मिलोस् १’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS