images
images

भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

images

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् ।

उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’

अमेरिकी मध्यस्थताबारे के भनिन् ?

पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न पनि सोधेका थिए । तर उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बीबीसीले जनाएको छ ।

सो प्रश्नमा ट्यामी ब्रुसले भनेकी छन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन् भने हामी त्यसको जानकारी सार्वजनिक गर्दैनौं । यो हाम्रो नीति हो ।’

उनले थपिन्, ‘हामीलाई लाग्छ, नेताहरूबीच व्यक्तिगत तहमा कुरा भइरहेको बेलामा त्यसका विवरणहरू सञ्चारमाध्यमबीच राख्नु आवश्यक हुँदैन ।’

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।

यस क्रममा रुबियोले दुवै देशका नेताहरूसँग तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए । साथै, उनले प्रत्यक्ष वार्तामा जोड दिएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS