images
images

अष्ट्रेलियामा मे ३ मा आम चुनाव घोषणा

images

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले शुक्रबार मे ३ मा देशमा आम चुनाव घोषणा गरेका छन् । अहिले एन्थोनी अल्बनीजको लेबर पार्टीसँग झिनो बहुमत मात्र छ।

ओपिनियन पोलको नतिजा अनुसार अष्ट्रेलियाका दुई प्रमुख राजनीतिक दलहरू लेबर पार्टी र लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुनेछ। यस्तो अवस्थामा दुवै ठूला राजनीतिक दलहरूलाई निर्दलीय सांसद वा अन्य साना दलहरूमाथि निर्भर रहनुपर्ने सम्भावना छ।

यो स्थितिले लेबर पार्टीका लागि सन् १९३१ यताकै पहिलो एक(कार्यकालीय सरकार हुने जोखिम निम्त्याउने संकेत गरेको छ ।

सन् २०२२ मा भएको चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले रेकर्ड स्तरमा मत हासिल गरेका थिए।

चुनावी अभियानमा जीवनयापनको लागतसँग सम्बन्धित मुद्दाहरू हावी हुने सम्भावना छ।

अल्बनीजले प्रेस कन्फ्रेन्समा जीवनयापनको लागतलाई कम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

उनले यसअघि नै बढी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण कम गर्ने र साना कर कटौती लागू गर्ने योजना घोषणा गरिसकेका थिए।

अल्बनीजले उनका प्रतिद्वन्द्वी पिटर डटनलाई छान्नु देशलाई पछाडि धकेल्ने निर्णय हुने बताएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS