images
images
images

मानवता विरोधी अपराधको आरोपमा फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ

images

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् ।

७९ वर्षीय दुतेर्ते मंगलबार हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको ‘ड्रग्सविरुद्धको युद्ध’को क्रममा हजारौं लागुऔषध व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको थियो ।

यसमा दोषी देखिएका सीमित व्यक्तिहरु प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए ।

सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि उनी फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन् ।

दुतेर्ते हङकङमा आगामी मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्‍यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

यसअघि उनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरे गिरफ्तारी दिन तयार रहेको बताएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS