images
images
images

चार इजरायली बन्धकको शव हमासले गर्‍यो फिर्ता

images

काठमाडौँ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ ।

तर हमासले उनीहरूको नाम खुलासा गरेको छ। हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन् ।

उनीहरुलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् ।

योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ छ । जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए ।

त्यस्तै हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ ।

पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि वार्ता भइरहेको बताइएको छ ।

नेपालका विपिन जोशी दोस्रो चरणमा रिहा हुने अपेक्षा गरिएको छ । उनी बन्धक भएदेखि अहिलेसम्म अवस्था भने अज्ञात छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS